0 COMMENTS

जेठ २१, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) द्वारा पार्टी प्रवेश तथा उम्मेदवारलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला सङ्गठन समिति काठमाडौँले आयोजना गरेको पार्टी प्रवेश तथा उम्मेदवारलाई सम्मान कार्यक्रममा स्थानीय तहको चुनावमा उठेका काठमाडौँका उम्मेदवार, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि नेकपा (समाजवादी) मा प्रवेश गरेका थिए ।

कार्यक्रममा नेकपा (समाजवादी) का अध्यक्ष राजुु कार्की, प्रवक्ता मानबाहदुर तामाङ, स्थायी समिति सदस्य भीम चापागाईं, अजय खड्का, श्याम दाहाल र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको समाचार प्राप्त भएको छ ।

उक्ता कार्यक्रममा प्रमुख अतिथि राजु कार्कीले चुनावमा पार्टीले एउटा फड्को मारेको, पार्टी जनताको बीचमा जान सफल भएको र हामीलाई साथ रहेको महशुस र हामीले छिटोभन्दा छिटो सत्ता परास्त गर्ने बताए । कार्यक्रमको अध्यक्षता काठमाडौँका जिल्ला इन्चार्ज जीतबहादुर तामाङले गरेका थिए भने सचिव हरिशचन्द्र गौतमले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।