0 COMMENTS

जेठ २१, काठमाडौँ । आज देशभरको मौसमा बदली हुनुकासाथै केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भएको छ ।

आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वाअनुमान महाशाखाकाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

देशको बाँकी भूभागमध्य केही ठाउँमा आंशिक बदली भए पनि अन्य ठाउँमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आइतबार र सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।