0 COMMENTS

जेठ २०, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँले घटाएको हो । मुल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो । यसअघि बुधबार भारतबाट मेट्रोलमा मूल्य बढेर नयाँ सुची आएको थियो । नयाँ मूल्यसूची बढेर आएपछि नेपालमा पनि मूल्य बढ्ने अनुमान गरिएकोमा निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य घटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।