0 COMMENTS

जेठ १९, काठमाडौँ । युइएफए नेसन्स कपमा पोल्यान्डले वेल्सलाई २–१ अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । बुधबारदेखि सुरु भएको खेलमा ५२ औँ मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो । तर, ७२ औँ मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए ।

यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल स्विडरस्कीले निर्णायक गोल गर्दै पोल्यान्डको जित निश्चित गरे । जितसँगै तीन अंक जोडेको पोल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा पोल्यान्ड र वेल्ससँगै वेल्जियम र नेदरल्यान्ड्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।