0 COMMENTS

वैशाख २८, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएकोले आजबाट विद्यालयहरु बन्द गरिएको हो ।

सरकारले भने मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीनदिन बिदा दिन निर्देशन दिएको थियो । वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएको छ । विद्यालयहरु बन्द भएसँगै काठमाडौँ उपत्यकाबाट मतदान गर्न गाउँ फर्किनेहरुको सङ्ख्या बढेको छ ।

हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् । सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय निजि शिक्षण संस्था र सञ्चालकहरुले नमान्ने जनाएका छन, भने सरोकारवालाहरुले समेत शिक्षण संस्था दुइदिन बन्द रहने सरकारको निर्णय अबैज्ञानिक रहेको बताएका छन् । सरकारी कार्यालयहरुमा भने निर्वाचनको दिनमा मात्र विदा दिइएको छ । कर्मचारीहरु निर्वाचनमा खटिएकाले सरकारी कार्यालयहरु सीमित कर्मचारीहरुको भरमा सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।