0 COMMENTS

वैशाख २४, काठमाडौँ । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको नभई युक्रेनको नेता भएको बताए । उनले सन् २०१४ मा रुसमा बिलय भएको क्रिमियाबारे भने केही पनि उल्लेख गरेनन् ।

रुसी सेनाले पूर्वी बन्दरगाह शहर मारिओपोललाई पूर्ण नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । त्यहाँको एउटा कारखानामा अझैँ पनि सर्वसाधारण नागरिक फसेको बुझिएको छ । रुसी सेनाले कारखानालाई लामो समयदेखि घेराबन्दीमा राखेका छन् । मारिओपोललाई युक्रेनबाट पूर्ण रुपमा कब्जा गर्न सकेमा दुई महिनाको युद्धमा रुसका लागि सबैभन्दा ठूलो उपलब्धि हुने देखिन्छ । तर, राष्ट्रपति जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण गरेपछि उसले जितेको क्षेत्र कब्जा गर्न नसक्ने बताउँदै आएका छन् ।

युद्ध सुरु हुनुअघिल्लो दिनलाई उल्लेख गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘रूस र युक्रेन बीचको युद्ध रोक्नको लागि २३ फेब्रुवरीसम्मको स्थिति पुनः प्राप्ति गर्न कदम चाल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।