0 COMMENTS

वैशाख २५, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल खेलमा चेल्सी वुल्भ्ससँग २–२ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा घरेलु मैदान स्ट्रामफोर्ड ब्रीजमा चेल्सीले २–० को अग्रता जोगाउन नसकेको हो ।

चेल्सीको लागि रोमेलु लुकाकुले एक्लै दुई गोल गरेका थिए भने वुल्भ्सको लागि फ्रान्सिस्को ट्रिनिकाओले र कोनोर कोयडीले गोल गरेका थिए । बराबरीसँगै ३५ खेलबाट ६७ अङ्क जोडेको चेल्सी तालिकाको तेस्रो स्थानमा छ भने ३५ खेलबाट ५० अङ्क जोडेको वुल्भ्स तालिकाको आठौँ स्थानमा छ ।

यसैगरी इंग्लिस प्रिमियर लिग फुटबल खेलमा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली ब्राइटनले युनाइटेडलाई ४–० अन्तरले पराजित गर्यो । ब्राइटनको जितमा मोइसेस, मार्क किकिरेला, पास्कल ग्रोब र लिन्द्रो ट्रोसार्डले एक–एक गोल गरे ।

जितपछि ब्राइटन ३६ खेलमा ४७ अङ्क जोडेर नवौँ स्थानमा छ । युनाईटेड ५८ अङ्क जोडेर छैटौँ स्थानमा छ । योसँगै युनाइटेडको च्याम्पियन्स लिग सम्भावना कम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।