0 COMMENTS

फागुन १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नम्बर व्युरोको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार नुवाकोटको बिदुरमा ८ नम्बर ब्युरो सचिव रमेश पौडेलको अध्यक्षतामा प्रथम पूर्ण बैठक सम्पन्न भएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ८ नम्बर व्युरो सचिव रमेश पौडेलको अध्यक्षता रहेको उक्त बैठकमा प्रमुख आतिथि पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेल ‘प्रतिक’ रहेका थिए भने ८ नम्बर व्युरो इन्चार्ज राजनको विशेष उपस्थिति रहेको थियो ।

बैठकमा प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेल ‘प्रतिक’ ले हाम्रो पार्टी मात्र एक असल क्रान्तिकारी पार्टी भएको र भर्खरै मात्र तीन वटा पार्टी एकता महाधिवेशन सकेर हामी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागिराखेका छौँ यस अभियानलाई सफल पार्न सबैले लाग्नुपर्ने बताए ।

बैठकमा पार्टी केन्द्रले तयार पारेको चैत १ गतेदेखि शुरु गरि जन एकता अभियानलाई व्युरोमा पनि सञ्चालन गर्ने र केन्द्रीय अभियान टोलीलाई ८ नम्बर व्युरो प्रवेश गर्दा विशेष कार्यक्रम गर्नेगरी बैठक समापन भएको समाचार प्राप्त भएको छ ।

उक्त बैठकले व्युरोभित्रका जिल्ला समितिहरुको बैठक तुरुन्त बस्ने गरी सम्पन्न भएको छ । यसैगरी, व्युरोमा पनि चैत १ गतेदेखि जनएकता अभियान उद्घाटन गर्ने र जनसंघर्ष, कोणसभा, भित्तेलेखन, प्रचारप्रसार संगठन विस्तार गर्ने समाचार प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।