0 COMMENTS

फागुन १९, काठमाडौँ । नेपालमा दलित मुक्तिको संघर्षलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ एकीकृत दलित मुक्ति मोर्चा नेपाल र दलित विभाग (पूर्व जातीय समता समाज) बीच २०८१ फागुन १७ गते ऐतिहासिक एकता सम्पन्न भएको छ । यस एकताले बिखण्डित दलित आन्दोलनलाई एकीकृत गर्दै अन्याय, विभेद र शोषणको विरुद्ध सशक्त प्रतिरोध खडा गर्ने विश्वास गरिएको छ ।

शनिबार काठमाडौँमा आयोजित विशेष भेलामा दुई संगठनबीच औपचारिक रूपमा एकता घोषणा गरिएको हो । नवगठित संगठनको संयोजकमा टेक बहादुर विश्वकर्मा चयन भएका छन् । साथै, ८१ सदस्यीय केन्द्रीय समिति, २७ सदस्यीय केन्द्रीय सचिवालय, र ९ सदस्यीय केन्द्रीय कार्यालय गठन गरिएको छ ।

केन्द्रीय कार्यालय सदस्यहरू :

१. टेक बहादुर विश्वकर्मा (काभ्रेपलान्चोक) संयोजक, २.शोभा विश्वकर्मा (काभ्रेपलाञ्चोक), ३.जितामित्र सुनार (प्युठान), ४. विष्णु प्रकाश नेपाली (कञ्चनपुर), ५. विरेन्द्रराज सुनार (जाजरकोट), ६. गोपाल नेपाली ((प्युठान), ७. रोशन विशुंके (ललितपुर), ८. पुर्णविक्रम नेपाली (रूपन्देही) र ९. सर्वजीत राम (रौतहट)

सचिवालय सदस्यहरू

१०. गोपाल विश्वकर्मा (धनकुटा), ११. लिला बहादुर विश्वकर्मा (उदयपुर), १२ शान्ति वि।क ( चितवन), १३. ललित सुनार (दैलेख), १४. अक्लु माझी (रौतहट), १५. राजकुमार सुनार (कास्की), १६. दिनेश वड (बैतडीं), १७. लोक बहादुर विक (कैलाली), १८. सीता परियार (कास्की), १९. राजु मंग्राती(दोलखा), २०. निर्माला विश्वकर्मा (काभ्रे्रपलाञ्चोक), २१. श्याम विश्वकर्मा (काभ्रेपलाञ्चोक), २२. बेद बहादुर विश्वकर्मा (काठमाडौं), २३. सिमा नेपाली (काठमाडौं), २४. राजेन्द्र नेपाली (अर्घाखाँची), २५. गोपाल नेपाली (रुपन्देही) र २६. राम बसु (काठमाडौं),

केन्द्रीय सदस्यहरू :

२७. उमा परियार (उदयपुर), २८. विष्णु गौतम परियार (रसुवा), २९. तिलक विश्वकर्मा (दाङ), ३०. दिल बहादुर विक (कञ्चनपुर), ३१. दिर्घ बहादुर विश्वकर्मा (रूकुम पश्चिम), ३२. जेवि सुनार (बाँके), ३३. रामचन्द्र विक (चितवन), ३४. हरि घतानी (मकवानपुर), ३५.श्याम परियार (काठकाडौँ), ३६. कृष्ण लोहार (सिन्धुली), ३७. लक्ष्मी विश्वकर्मा (जाजरकोट), ३८. गोविन्द परियार (बाग्लुङ), ३९. शेर बहादुर विक (रूपन्देही), ४०. इन्द्र नेपाली (बाँके), ४१. जीत बहादुर नेपाली (सिन्धुली), ४२. पुर्ण रपाल (चितवन), ४३.सविता मंग्राती (दोलखा), ४४. दिल बहादुर चनारा (काठमाडौँ), ४५. पनिलाल राम (काठमाडौँ), ४६. चन बहादुर विश्वकर्मा (सुनसरी), ४७. धर्म दियाली (दाचुला), ४८. अजय गहतराज (मकवानपुर), ४९. सर्प वड (अछाम), ५०. सुदर्शन विश्वकर्मा (जाजरकोट), ५१. विर बहादुर विश्वकर्मा (भारत), ५२. रविन सुनार (ललितपुर), ५३. दिपक नेपाली (भक्तपुर), ५४. जीवन विक (ललितपुर), ५५. श्याम सुनार (काभ्रेपलाञ्चोक), ५६. सपना मंग्राती (दोलखा), ५७. रूपेश रम्तेत (काठमाडौँ), ५८. भरत राम (रौतहट), ५९. सागर विश्वकमाा (बाँके), ६०. सोमबहादुर विश्वकर्मा (नवलपरासी), ६१. टीका विक (दाङ) र ६२ खडक विश्वकर्मा (बर्दिया), बाँकी स्थान रिक्त राखिएको छ ।

संगठनले दलित समुदायको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, र वर्गीय मुक्तिको लागि संघर्षलाई सशक्त बनाउने जनाएको छ । दलित समुदायको ऐतिहासिक उत्पीडनको अन्त्य गर्दै समानता, न्याय, र सशक्त प्रतिनिधित्वको सुनिश्चितता गर्न यो एकता अपरिहार्य रहेको संयोजक विश्वकर्माले बताए। उनले भने, “हाम्रो संघर्ष केवल कानूनी अधिकारका लागि होइन, दलित समुदायको वास्तविक मुक्तिको लागि हो । यो एकताले संसदीय अवसरवाद, जातीय भेदभाव, भूमिहीनता, बेरोजगारी, तथा राजनीतिक उपेक्षाको विरुद्ध प्रभावकारी प्रतिरोध खडा गर्नेछ ।”

नेपालमा दलित मुक्तिको आन्दोलन लामो समयदेखि विभिन्न समूहहरूमा विभाजित हुँदै आएको छ । संसदीय दलहरूसँग आबद्ध दलित नेताहरूले आन्दोलनलाई कमजोर बनाउने प्रवृत्तिले दलित समुदायको वैचारिक राजनीतिक शक्तिको आवश्यकता बढाएको थियो । यस एकताले दलित समुदायलाई राजनीतिक, सामाजिक, र सांस्कृतिक रूपमा एकीकृत गर्दै क्रान्तिकारी आन्दोलनको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।

एकता भेलामा सहभागी नेताहरूले दलित मुक्तिको संघर्षलाई अब संगठित, विचारधारात्मक रूपमा स्पष्ट, र व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् । उनीहरूले संसदीय दलहरूबाट गरिँदै आएको दलित मुक्ति आन्दोलनको दुरुपयोगको विरुद्ध खबरदारी गर्दै वैचारिक दलित राजनीतिक मोर्चाको निर्माण अपरिहार्य रहेको बताएका छन् । नेपालमा दलित मुक्तिको आन्दोलनका लागि यो एकता कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । अबको यात्रा दलित समुदायको सम्पूर्ण मुक्ति सुनिश्चित गर्दै समानता, न्याय, स्वाभिमान र विशेषाधिकारको मुद्दालाई स्थापिति गर्ने दिशाको लागि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।