फागुन १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट युवा संगठन क्रान्तिकारी युवा संघ नेपालको प्रारम्भिक स्थानीय कमिटी गठन भएको छ ।
आइतवार ललितपुरको कुपाण्डोलमा भएको बैठकले विजय तामाङको संयोजकत्वमा ११ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको र सचिवमा कृष्ण लामालाई चयन गरेको क्रान्तिकारी युवा संघ नेपालले जनाएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर व्युरो अन्तरगत ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापमा गठन भएको जानकारी उक्त संगठनका केन्द्रीय संयोजक जीवीतले दिएका छन् ।
बैठकमा उक्त संगठनका केन्द्रीय संयोजक जीवीत र संगठनका केन्द्रीय सहसंयोजक निर्वाण क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ललितपुर जिल्ला इन्चार्ज दिपकको उपस्थिति रहेको थियो ।