0 COMMENTS

वैशाख १८, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार राति भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियल मड्रिडले ४ खेल बाँकी रहँदै उपाधि जितेको हो । रियलको यो ३५औँ ला लिगा उपाधि हो । जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ ।

घरेलु मैदानमा जितका लागि रोड्रिगोले दुई गोल गरेका थिए । खेलको ३३ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुमा अग्रता दिलाएका थिए त्यसपछि ४३ औँ मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ५५ औँ मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियलको अग्रता तेब्बर बनाएका थिए । त्यसैगरी खेलको ८१ औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४–० को जित दिलाए ।

जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ । रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अङ्कले अघि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।