0 COMMENTS

वैशाख १७, काठमाडौँ । सामाजिक रुपान्तरणसहित वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका लागि स्थानीय चुनावमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) सहित सात राजनैतिक दलको संयुक्त चुनाव प्रचार/प्रसार अभियान कार्यक्रम सुरु भएको छ । शनिबार रसुवाको आमाछ्योदिङ्गमो गाउँपालिकामा सातै राजनीतिक दलसहित बनेको डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) को ब्यानरमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) का संयोजक तथा सामाजिक एकता पार्टीका अध्यक्ष जिपी गतराजको अध्यक्षता तथा नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्कीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सामाजिक एकता पार्टीका महासचिव विपी खनाल, समाजवादी पार्टीका प्रवक्ता मानबहादुर तामाङ, समाजवादी पार्टीका स्थायी समिति सदस्य भीम चापागाईं लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आमाछ्योदिङ्गमो गाउँपालिकाका अध्यक्षका उम्मेदवारसहित सम्पूर्ण वडा अध्यक्ष र सदस्यहरुसहित डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डे.एस.ए.) का सदस्यहरु र आम जनसमुदायहरुको पनि उपस्थिति रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथि सिपी गतराज र अतिथि राजु कार्कीले हामीले लिएको यात्रा सु–सम्पन्न नेपाल, भ्रष्टाचार मुक्त देश, गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीमा जान समाजवादी नेपालले विश्वमा शान्ति देश भनेर चिनाउने र कार्यनीतिक रुपमा हाललाई राष्ट्रपतिय प्रणाली अनुसार संघर्ष गर्ने कार्यनीति ल्याएको कुरा र आमाछ्योदिङ्गमोलगायत रसुवामा हामीले जितेको ठाउँमा सम्पूर्ण समस्याको हल गर्न सक्छौँ भन्दै कार्यक्रम सम्पन्न भएको समाचार नयाँ स्वाभिमान अनलाइनलाई प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।