0 COMMENTS

मङ्सिर ३०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले आठ डीनको नियुक्ति गरेको छ । शनिबार डीन नियुक्ति गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । ‘कार्यविधिको आधारमा नियुक्ति गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने, ‘दोस्रो पटक डीन नदोहोर्‍याउने नीति छ । सर्वसम्मतिले डीन नियुक्ति गरिएको हो ।’

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा  विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्ति गर्न निर्देशन दिएका थिए ।

रजिस्ट्रार केदारप्रसाद रिजालले डीन नियुक्त गरिएको बताए । रिपिट नगर्ने पोलिसी । दोस्रो टम नजाओस भनेर । कार्यविधिलाई टेकेर बनाइएको हो । तीनजना भित्र वर्णानुक्रक । तीन जनामा एक जना छान्ने प्रयोग गरियो ।

कोको बने डिन ?

  • शिक्षाशास्त्र संकाय -प्राडा बेदराज आचार्य
  • वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक  ठाकुर सिलवाल
  • चिकित्साशास्त्र अध्ययन संस्थान- प्राडा मोहोनराज शर्मा
  • मानविकी तथा सामाजिकशास्त्र – प्राडा द्विविनन्द ढकाल
  • व्यवस्थापन संकाय –  प्राडा महानन्द चालिसे
  • विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्राडा शंकर खनाल
  • कृषि र पशुविज्ञान अध्ययन संस्थान -सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल
  • इन्जिनियरिङ अध्ययन संस्थान  प्राध्यापक  डा. सुशीलबहादुर बज्राचार्य

तीन निर्देशक

  • शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशक डा. सहप्राध्यापक राजेन्द्र कुँवर
  • व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशक प्राडा मिनाराज भण्डारी
  • योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।