वैशाख ५, काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।
धितोपत्र ऐनअनुसार अध्यक्षले राजीनामा सरकारसमक्ष बुझाउनुपर्ने व्यवस्था अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा राजीनामा दिने जानकारी दिएका छन् ।
बोर्ड बैठक सकिएपछि श्रेष्ठले सञ्चालकहरूलाई सम्बोधन गर्दै सरकारलाई सहज बनाउने उदेश्यले आफूले पदबाट बाहिरिने निर्णय गरेको बताएका छन्। उनी १० मङ्सिर २०८१ मा धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए।

