0 COMMENTS

भदाै ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

मन्त्रिपरिषदको भदौ ३० गतेको सिफारिसअनुसार संसदका दुवै सदनको चालु अधिवेशन आज सोमबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।