0 COMMENTS

भदाै ३१, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतवार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ ।

त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।