0 COMMENTS

साउन २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिँदैछन् । ओलीले साउन ६ गते (आइतबार) बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । आइतबार नै ओली प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएको छ ।

७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ओली यही आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई  नेपाली कांग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडे‍लले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

ओलीले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । उनले सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिइसकेका छन् । प्रधानमन्त्रीमा ओलीको यो चौथो कार्यकाल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।