0 COMMENTS

साउन २, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्नयोग (रिटोटलिङ) को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरिएको हो । आवेदन दिएकामध्ये हालसम्म चार हजार २९७ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

त्यसरी सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म ५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याएका छन् । २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । दुई जना विद्यार्थीको भने एनजी आएको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।