0 COMMENTS

वैशाख ८, काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । बिहीबार बिहान ललितपुर जिल्लाको पाटनस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ । विस्तृत विवरण आउन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।