0 COMMENTS

वैशाख ८, काठमाडौँ । युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सले फियोरेन्टिनालाई समग्रमा ३–० अन्तरले पराजित गर्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा २–० तथा पहिलो लेगमा १–० अन्तरले जित निकाल्दै युभेन्ट्सले फाइनलमा इन्टर मिलानसँगको भेट पक्का गरेको छ ।

इन्टर मिलानले एसी मिलानलाई ३–० अन्तरले पराजित गर्दै अघिल्लो रात फाइनल प्रवेश गरेको थियो । फाइनल खेल ११ मेमा हुनेछ । बुधबार राति घरेलु मैदान एलिएन्ज एरिनामा युभेन्ट्सलाई जिताउन फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गरेका थिए । खेलको दुबै हाफमा बराबर एक–एक गोल भएको थियो ।

यसैगरी स्पेनिस ला लिगामा रियल मड्रिडले ओसासुनालाई ३–१ अन्तरले पराजित गर्दै सहज जित निकालेको छ । घरेलु मैदानमा स्टार खेलाडी करिम बेन्जेमाले पाएको दुई पेनाल्टी सदुपयोग गर्न सकेनन् । यद्यपि डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजको गोलमा रियलले महत्त्वपूर्ण तीन अंक हात पार्यो । ओसासुनाका एन्टि बुडिमिरले सान्त्वना गोल गरेका थिए ।

बेन्जेमाले दोस्रो हाफको ५१ औँ र ५९ औँ मिनेटमा दुई पेनाल्टी चुकाएका थिए । उनको दुबै प्रहार ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाएका थिए । जितसँगै रियलले ३३ खेलबाट ७८ अंकसहित शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ६१ अंक तथा तेस्रो स्थानको बार्सिलोनाको ६० अंकमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।