0 COMMENTS

वैशाख ५, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिग लिडर रियलले सेभियालाई ३–२ अन्तरले पराजित गरेको हो ।

सेभियाले २–० को अग्रता बनाए पनि जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । रियलको जितमा रोड्रीगो, नाचो फर्नान्डेज र करिम बेन्जेमाले १–१ गोल गरे । सेभियाको लागि इभान राकिटिक र एरिक लमेलाले १–१ गोल गरे ।

रियल मड्रिड ३२ खेलबाट ७५ अङ्कसहित शीर्ष स्थानमा छ । सेभिया भने समान खेलबाट ६० अङ्कसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।