विभिन्न भागबाट लागुऔषधसहित ३३ जना पक्राउ

जेठ २९, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन,...

आजको लागि विदेशी मुद्राको विनिमयदर

जेठ २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ...

विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

जेठ २९, काठमाडौँ । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम...

ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व सङ्कलन

जेठ २९, काठमाडौँ । काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २२३ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

जेठ २९, काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण...

आज देशका विभिन्न भागमा वर्षाको सम्भावना

जेठ २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...

पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

जेठ २८, काठमाडौँ । तराई-मधेश फाष्ट ट्रयाकको पिकअप भ्यान गएराति दुर्घटना हुँदा ईञ्जिनियर र चालकको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१-०३३च२१४४...

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता

जेठ २८, चितवन । सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।  मङ्गलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामीमैत्री सेवा प्रवाहमा ढिलाइ,...

विश्वकपको उद्घाटन खेलमा आज आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

जेठ २८, काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिका सँग मेक्सिको सिटीस्थित स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । नेपाली...

हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

जेठ २८, ताप्लेजुङ । जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो ।...