म नेपाली कम्युनिस्ट पार्टीमा छु : महान

माघ १७, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले क्रान्तिकारी कम्युनिस्ट पार्टीको हरि नारायण रानाद्वारा  मिडिया फेसबुकबाट प्रकाशित गरिएको विज्ञप्तिमा आफ्‌नो नाम समावेश गरिएको विषयप्रति गम्भीर...

पाल्पाको २९ मतदानस्थल ‘अति संवेदनशील’ सूचीमा

माघ १५, तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ । प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा...

निर्वाचन ३५ दिन बाँकी : नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

माघ १५, काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले...

श्रमजीवी पत्रकारको तलब सुनिश्चितता हुनुपर्नेमा महासङ्घको जोड

माघ १४, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले ‘नेपाल रिपब्लिक मिडिया लिमिटेड’को प्रकाशन नागरिक दैनिक पत्रिकामा कार्यरत श्रमजीवी पत्रकारले सेवासुविधा नपाएकामा चिन्ता व्यक्त गर्दै तलब सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ । महासङ्घका वरिष्ठ...

निर्वाचन ३६ दिन बाँकी : आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

माघ १४, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको...

राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

माघ १३, काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् । आगामी फागुन २१ गते हुन...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका विद्रोही समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

माघ १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विद्रोह गरी प्रभावशाली नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । मङ्गलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

निर्वाचन ३७ दिन बाँकी : समानुपातिकको मतपत्र छाप्ने काम सकियो

माघ १३, काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड...

प्रतिनिधिसभा निर्वाचन आउन ३८ दिन बाँकी, सञ्चालन केन्द्रले थाल्यो काम

माघ १२, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।...

निर्वाचन ३९ दिन बाँकी : उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

माघ ११, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक...