0 COMMENTS

जेठ २, काठमाडाैँ । दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाईको मृत्यु भएको छ । मंगलबार बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको र उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो । यस्तै १६ बर्षका दिपेश परियारको बबई नदीबाट शव निकालेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।

मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए । शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।