0 COMMENTS

वैशाख २५, काठमाडौँ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएको भन्दै गत अधिवेशनमा बोल्न दिएको छैन । त्यसपछि मङ्गलबार उनले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने मागसहित पत्र पठाएका हुन् । साथै उनले २७ गतेबाट सुरु हुने नयाँ अधिवेशनमा बोल्न अनुमतिसमेत मागेका छन् ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसहित बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री माथि छानबिन समिति आवश्यक भएको अडान कायम राखेका छन्।

लामिछानेले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । उनले आफ्नाबारेमा उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी भएको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।