0 COMMENTS

वैशाख २२, काठमाडाैँ । चार किसान संगठनव्दारा कृषिमा बाह्य हस्तक्षेप र किसान आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालको कृषि क्षेत्रको अवस्था र समस्याको बारेमा सत्य तथ्यसहित चर्चा कार्यक्रमका संचालक भैरवराज रेग्मीले गर्नु भएको थियो । चार किसान संगठनले तयार पारेको कृषि र किसानलाई जोगाउन व्यापक संयुक्त आन्दोलनको अपरिहार्यता भन्ने कार्यपत्र लोकनारायण सुवेदीले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान युनियन, अखिल नेपाल अनेप्रकि संघ, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी र अखिल नेपाल किसान महासंघ(अल्फा)को सहभागिता रहेको थियो ।

कार्यक्रममा किसान र किसानका समस्यासँग जाडिएका व्यक्तिलगायतको उपस्थिति रहेको थयो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।