0 COMMENTS

वैशाख २२, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।