0 COMMENTS

वैशाख ९, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट युवा र विद्यार्थी संगठनले २०४७ सालयता उच्च सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै सिंहरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका छन् । आइतबार क्रान्तिकारी युवा संगठन र अखिल (क्रान्तिकारी) को आयोजनामा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी अखिल (क्रान्तिकारी) का इन्चार्ज हरिकृष्ण गजुरेल, संयोजक मिलन राई, सहसंयोजक विरेन्द्र शाह, क्रान्तिकारी युवा संगठन नेपालका नेता अविनाश कुँवरलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका अन्य युवा र विद्यार्थी नेताहरुमा कमला परियार, लक्ष्मी पाण्डे, राहुल विक, दिनेश नेपाली, आयुष घिमिरे, निशान कटुवाल, जगत ओली, गोकर्ण जोशी, सुदिप सुर्खेती, गीता बुढा, लोकेन्द्र थापा, जय रावल रहनु भएको छ । 

गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत अनामनगरमा राखिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य समेत रहनु भएका नेता हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो । 

“२०४७ सालयता सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर, छानबिनका लागि नागरिक स्तरबाट छानबिन समिति बनाऊ’ लगायतका नारासहित विरोध प्रदर्शनमा उत्रिएका युवा र विद्यार्थीहरुको शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको प्रहरी हस्तक्षेप र धरपकडको चौतर्फी रुपमा विरोध भएको छ र अविलम्ब रिहाई गर्न जोडदार रुपमा दबाब सिर्जना भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।