0 COMMENTS

चैत ३०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन् ।

उनीहरूलाई चैत १५ गते नै नियुक्तिको सिफारिस भएको थियो । उपकुलपति प्राध्यापक केशरजंग बरालले त्रिवि ऐनअनुसार केसी र रजिस्ट्रारमा रिजालको नाम सिफारिस गरेका थिए । सिफारिसअनुसार नियुक्ति दिनुको सट्टा प्रधानमन्त्री तथा कुलपति दाहालले पुनर्विचार गर्न निर्देशन दिएपछि केही समय उनीहरूको नियुक्ति प्रक्रिया लम्बिएको थियो ।

दबाब तथा उपकुलपति बरालको अडानपछि कुलपति प्रचण्डले दुवै जनालाई नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।