0 COMMENTS

चैत २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय कार्यालयले जनआन्दोलन दिवस सातवटै प्रदेशमा भव्य रूपमा मनाउनका लागि सबै पार्टी पंक्तिमा विशेष सर्कुलर जारी गरेको छ ।

पार्टीको विशेष सर्कुलर अनुसार प्रदेश ३ ले काठमाडौँमा दिनको ठिक १२ बजे रत्नपार्कको शान्ति बाटिकामा जम्मा भई जुलुस प्रदर्शनसहित शहरका विभिन्न भागहरूको परिक्रमा गर्दै असनमा पुगेर सभामा परिणत गरी एउटा राजनीतिक उत्सवको रूपमा मनाउने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले शोषितपीडित आम काठमाडौँ बासीहरूलाई उक्त जुलुस प्रदर्शनमा सहभागिताका लागि बिशेष अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।