0 COMMENTS

चैत २०, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँमा एकल प्रदर्शन गरेका छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको माग गर्दै साम्पाङले मङ्गलबार काठमाडौँमा एकल प्रदर्शन गरेका हुन् ।

‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ । उनी केही दिनदेखि काठमाडौँमा छन् । उनले काठमाडौँको कुन ठाउँमा प्रदर्शन गरेका हुन् खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।