0 COMMENTS

चैत १९, बुटवल । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरू सञ्चालित छन् ।

सोही क्रममा प्रदेश पाँचका जिल्लाहरूमा प्रचारात्मक अभियान सञ्चालन भइरहेको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुबेदीले जानकारी गराएका छन् । यस अघि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश सङ्गठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको संयोजकत्वमा २५ सदस्सीय जनआन्दोलन दिवस परिचालन समितिसमेत गठन गरेको थियो । प्रदेश अन्तरगत नवलपरासीबाट शुरू गरिएको प्रचारात्मक तथा परिचालनको अभियान रुपन्देही, कपिलबस्तु र दाङमा घनीभूत रूपले सञ्चालन भइरहेको केसीले जानकारी दिए ।

पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज क्षेत्रबहादुर थापाका अनुसार जिल्लामा जनसभा तयारीका लागि परिचालन एवम् बिबिध पक्षलाई ध्यान दिएर ब्यवस्थापनका कामहरू भइरहेका छन् । पार्टीले दाङ भालुबाङमा ब्यापक जनपरिचालन जनसभा आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।