0 COMMENTS

चैत १९, काठमाडौँ । सृजना र संवाद कार्यक्रमको दोस्रो शृङ्खला इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्रेक्षालय घट्टेकुलोमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित कवि साहित्यकारहरुले विविध विधाका सृजना वाचन गर्नुभएको थियो । त्यस क्रममा कवि सार्थक विद्रोहीले -न्यास्रीएको गाउँ, कवि प्रनिशा कटवालले -तय गरेको यात्रा, कवि आस्था घिमिरेले -बा, कवि हेमा सुवेदीले -प्रेमिल गजल, कवि समिक्षा ढुंगानाले -गरिबीलाई खेद्नु छ, कवि बलराम तिमल्सिनाले -केहि फरक छैन, कवि मित्रलाल पंगेनिले प्रदेशमा नजा, कवि प्रा.डा जगदीशचन्द्रले -यी मानिस, कवि गौरी देवकोटाले -जाम हिड, कवि चम्पा कार्कीले -आँखिझ्यालकी परी, कवि सृजना कार्कीले -सपना, कवि सुनिता बुढाथोकीले -सिंहाबलोकन कविता वाचन गरेका थिए ।

कार्यक्रममा सहभागी कवि साहित्यकारहरुले यस प्रकारको कार्यक्रमले नेपाली साहित्य र सृजनाको अग्रगामी विकास समृद्धिका निम्ति विशेष भूमिका निर्वाह गर्ने तथा कविता लेखनमा नयाँ आधार र दृष्टि बनाउन सहयोग गर्ने टिप्पणी गर्नुभएको थियो । यसै प्रक्रियामा प्रा.डा जगदीशचन्द्रले कविता र साहित्य माथि प्रकाश पार्दै प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । कवि मित्रलाल पंज्ञानीले कविता र त्यसको सौन्दर्यबारे चर्चा गर्नुभयो । यसै क्रममा अहिलेका प्रखर कवि बलराम तिमिल्सिनाले आफ्ना अनुभव र अनुभूति साझा गर्नुभएको थियो । साहित्यकार स्मालीले साहित्य लेखनका अनुभवहरु साझा गर्नुभयो ।

सृजना र संवादको आगामी शृङ्खला २०८१ वैशाखकाे तेस्रो शनिबार सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।