0 COMMENTS

चैत १६, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आजपनि नयाँ रेकर्ड राखेको छ । आज प्रतितोला सुनको मूल्य एक लाख तीस हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा २ हजार एक सय रुपैयाँले बढेको सुनको मूल्यले आजपनि नयाँ रेकर्ड राखेको हो ।

यसअघि बिहीबार एक तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य बढेसँगै चाँदीको पनि बढेको छ । प्रतितोला चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।