0 COMMENTS

चैत १३, चितवन । चितवनमा गएराति चट्याङ लागेर एकै घरका तीन जना घाइते भएका छन् । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ लागेर तीन जना घाइते भएका हुन् ।

चट्याङबाट सोमबहादुरकी उनकी श्रीमति ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा चेपाङ र १२ वर्षीय छोरा रामबहादुर चेपाङ घाइते भएका चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । सानुमाया र मनिषा सामान्य घाइते भएको र उनीहरूको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए ।

छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको र उनको आधारभुत स्वास्थ्य केन्द्र कुरिनटारमा उपचार भइरहेको उनले बताए । चट्याङबाट एक कोठे कच्ची घर पनि नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।