0 COMMENTS

फागुन १०, काठमाडौँ । भक्तपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब ३ बजे भक्तपुर नगरपालिका-२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा स्थानीय ६६ वर्षका गणेशमान गोरेलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका गोरेको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।