0 COMMENTS

फागुन १०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले जनतामारा सहकारी लाली गुराँस सहकारीको मिलेमत्तोमा दलाल, मिटर व्याजी, कृष्णकुमार श्रेष्ठको नाममा रहेको विवादित जग्गा नियन्त्रणमा लिएको छ । साथै उक्त पार्टीले जग्गा किनबेच नगर्न नगराउन सबैमा सुचितसमेत गरेको छ ।

चितवन जिल्लाको रत्ननगरपालिका वडा नं. ६ दोरङ्गीका इन्द्रराज चौधरीले ५ लाख ७० हजार ऋणका लागि दृष्टिबन्दकी गरिदिएको जग्गा जालसाँची गरी भूमाफियाहरूले करोडौँमा किनबेच गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले उक्त जग्गा कब्जा गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्ला संयोजक विकासले बुधबार प्रेस वक्तव्यमार्फत पटकपटक जग्गा फिर्ताका लागि कुरा गर्दा पनि जग्गा फिर्ता गर्नुको सट्टा एकपछि अर्को भूमाफियालाई किनबेच भएको गुनासो पार्टीमा आएपछि उक्त जग्गा कब्जामा लिएको जानकारी गराएका छन् । “यो जघन्य प्रकारको अन्याय पार्टी टुलुटुलु हेरेर बस्न सक्दैन अन्यायका विरुद्ध बोल्ने र जनतालाई न्याय दिनु हाम्रो जिम्मेवारी हो । आजका मितिदेखि उक्त जग्गा कसैले खरीद बिक्री आमोद कमोद भोग चलन गर्न पाइने छैन र नगर्न अनुरोध गर्दछौँ । हाम्रो अनुरोधलाई नजर अन्दाज गरेर खरीद बिक्री, भोग चलन गरेमा पार्टी कारवाही गर्न बाध्य हुने व्यहोरा समेत अवगत गराउँदछौँ । त्यसको जिम्मेवारी स्वयम् हुनेछन् । लघुवित्त मिटर व्याँज जस्तै चितवनमा भुमाफियाहरूले थुप्रै आदिवासी थारूलगायत किसानहरूको जग्गा दृष्टिबन्धकीको नाममा जनतालाई सुकुम्वासी बनाउने सम्पूर्ण भूमाफियाहरूलाई कानुनको दायरामा ल्याई जनताको जिउधनको सुरक्षा गर्नको लागि राज्यसँग जोडदार माग पनि गर्दछौँ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।