0 COMMENTS

माघ २६, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनको प्रदेश ३ को एकता भेला सम्पन्न भएको छ । एकता भेलाले असल वाइवाको संयोजकत्वमा २ सदस्य पछि थप्नेगरी २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।

निर्वाचित कमिटीमा संयोजक– असल वाइवा, सहसंयोजक– वीलबहादुर तामाङ, हरि विक र विकल्प रहेका छन् ।  त्यसैगरी सदस्यहरूमा रामशरण केसी, किरण सिटौला, इन्द्र नगरकोटी, सबिन बज्राचार्य, सेरमान पाख्रीन, दिपक ओझा, अशोक तामाङ, निमत खड्का, दिनेश बुढाथोकी, सन्तोष कार्की, जेम्स थापा, विकेन्द्र श्रेष्ठ, पृथ्वी भुजेल लगायत रहेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सुदर्शनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलामा कार्यालय सदस्य तथा युवाका केन्द्रीय इन्चार्ज दिपक, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरूले शुभकामनासहित महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

निर्माण तामाङको अध्यक्षता र असल वाइवाको सञ्चालनमा सम्पन्न भेलामा युवा सङ्गठनका नेताहरू अभिनाश, प्रमोद र विकल्पको समेत उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।