0 COMMENTS

माघ २३, काठमाडौँ । एकीकृत दलित मुक्ति माेर्चा नेपालले एक वक्तव्य जारी गर्दै बाजुरा बुढिगंगा नगरपालिका वडा नं. १ बस्ने वर्ष १७ की रेजिना नेपालीकाे बलात्कार र हत्यामा संलग्न अपराधीहरुकाे संरक्षणमा स्वयम् प्रहरी प्रशासन लागेकाे गम्भीर आराेप लगाएकाे छ । माेर्चाका संयाेजक दर्शन नेपालीले मंगलबार एक प्रेस वक्तव्यमार्फत् यस्ताे आराेप दावी गर्नुभएकाे हाे ।

वक्तव्यमा भनिएकाे छ, “रेजिना नेपालीकाे शव २०८०/९/०२ गतेका दिन घरमै झुण्ड्याईएको अवस्थामा भेटिएको र उक्त घटनामा प्रहरी प्रशासनले देखाएको निच हर्कतको  घटनाले हाम्रो मोर्चा एकीकृत दलित मुक्ति मोर्चा नेपाल ” को गम्भीर ध्यानाकर्षण भएको छ ।”

वक्तव्यमा उक्त घटनाकाे विवरण उल्लेख गर्दै भनिएकाे छ, “बुवा आमा रोजगारीको सिलसिलामा भारत गएको वेला  बाजुरा खप्तड छेड्दह गाँउपालीका वडा न ७ वर्ष ४५ को  से १ ज ११८८ नम्बरको सवारी चालक अर्जुन रावत भन्ने ब्यक्तिबाट ४ जना किशोरीहरु यौन हिंसाको शिकार भएको र रेजिना नेपालीको  बलात्कार पछि हत्या गरिएको घटनामा पीडित परिवारले २०८० पौष ४ गते बाजुरा प्रहरी प्रशासनमा किटानी जाहेरी दर्ता गर्न जादा पोष्टमार्टम रिपोर्ट विना जाहेरी लिन इन्कार गर्नु, र फेक पोष्टमार्टम रिपोर्ट बनाई ३२ दिनपछि घटनालाई कमजोर बनाएर पीडित परिवारले तयारी गरेको जाहेरी प्रहरी प्रशासनको दबाबमा सच्याएर आत्महत्या दुरुत्साहानको जाहेरी बनाई  प्रहरी प्रशासन बाजुराले दर्ता गर्नुले दलित, उत्पीडित समुदाय र नागरिकप्रति प्रहरी प्रशासन कति जिम्मेवार छ भन्ने कुराको चित्र देखाउँदछ ।”

वक्तव्यमा भनिएकाे छ, “नागरिकहरुको सुरक्षार्थ खटिएको भनिएको प्रहरी प्रशासनले खेलेको यस्तो खालको खलनायकको भुमिकाले पोष्टमार्टम रिपोर्ट र अभियुक्तको संरक्षणमामा प्रहरी प्रशासन जिम्मेवार रहेको देखिन्छ ।”

वक्तव्यमा घटनाकाे बारेमा गृहमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउँदै भनिएकाे छ, ” कानुनी राज्यको वकालत गर्ने दलाल संसदीय राज्य प्रणालीको गृह प्रशासन मातहतको बाजुरा प्रहरी प्रशासनको हर्कतको यसै विज्ञप्ति मार्फत नेपाल सरकार गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । अन्यथा यस्ता खालका अपराधिक हर्कतका बिरुद्ध प्रतिरोध संघर्ष गरिनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।