0 COMMENTS

माघ २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं. प्रदेश समितिको बैठक लगत्तै प्रदेश अन्तरगतका जिल्लाहरू कास्की, तनहुँ र नवलपुरमा क्रमस: २०८० माघ १८, १९ र २० गते बैठक, बैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कास्की, तनहुँ र नवलपुरमा क्रमस: जिल्ला संयोजक सुजन, नविन र प्रतापले सञ्चालन र अध्यक्षता गरेका थिए । 

कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज आजाद, केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक अनुकुल, केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक रुपेश र केन्द्रीय सचिवालय सदस्य जितले प्रशिक्षण दिएका थिए । 

कास्कीमा जिल्ला इन्चार्ज किशोर, तनहुँमा जिल्ला इन्चार्ज रवी र जिल्ला सहइन्चार्ज सङ्गिन र नवलपुरमा जिल्ला इन्चार्ज आकाशको ती बैठक तथा प्रशिक्षणहरूमा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।