0 COMMENTS

माघ २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहि सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागको मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूर-पश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४७ मिनेटमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।