0 COMMENTS

माघ १८, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला समितिका संयोजक पूर्ण गुरुङलाई घरबाटै विना कारण प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । गिरफ्तारी घटनाको घोर विरोध र भत्र्सना गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश ४ ले तत्काल रिहाई गर्न जोडदार माग गरेको छ । पार्टीका प्रदेश संयोजक अनुकूलले बिहीबार एक वक्तव्य जारी गर्दै तत्काल गिरफ्तार परेकालाई रिहाई नगरे पार्टीले त्यस‌का विरुद्ध सशक्त सङ्घर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

वक्तव्यमा भनिएको छ, “गत माघ ७ गते बाग्लुङ जिल्ला बडिगार्ड गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र प्रताप के.सी.ले महिलाहरुले प्रयोग गर्ने आइरन चक्की डेट स्पायर भएको वितरण गरेको र आइरन चक्कीमा ठूलो रकम घोट‌ला र भ्रष्टाचार भएको तथा कमिशनको खेल समेत भएको सुचना र जानकारी बाहिर आएपछि जनस्तरबाट जनताको जीवनमाथि खेलवाड गर्ने भ्रष्ट स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र प्रताप केसीलाई चेतावनी स्वरूप जनताले नै कालोमोसो दलेको बिषयलाई लिएर क. पूर्ण गुरुङलाई वारेन्ट जारी गरी, गिरफ्तार समेत गरी झुट्ठा मुद्दा लगाउने जस्तो कार्यको क्रान्तिकारी कम्युनिस्ट पार्टी ४ नं. प्रदेश समिति घोर विरोध र भर्त्सना गर्दछ। साथै क. पूर्ण गुरुङलाई तत्काल बिना सर्त रिहाई गर्न जोडदार आग्रह गर्दछौँ । अन्यथा तत्काल गिरफ्तार कमरेडलाई रिहाई नगरेमा हाम्रो पार्टीले त्यस‌का विरुद्ध सशक्त सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जानकारी गराउँदै यसबाट उत्पन्न हुने परिस्थतिको जिम्मेवार स्वयम सरकार र स्थानीय सत्ता हुने कुरा समेत जानकारी गराउन चाहान्छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।