0 COMMENTS

माघ १८, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २५०, केरा दर्जनको १२०, अनार २५०, किबी ३५०, एभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसैगरी, नेपाली ठूलो गोलभेडा ५०, लोकल सानो गोलभेडा २०, अदुवा १८०, रातो आलु ३०, रातो भारतीय आलु २८, स्थानीय काउली ५०, लौका ७०, कागती १८०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ५०, लोकल सेतो मूला १२, रातो मूला १५, लोकल घिउ सिमी ६०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ । समितिले गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज १२०, पुदिना ३५० ब्रोकाउली ७०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १२०, लाम्चो भान्टा ७०, भिण्डी र हरियो धनियाँ १२० रुपैयाँ मूल्य तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।