0 COMMENTS

माघ १७, काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमको सञ्चालक समितिको बैठकले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो ।

भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो । यससँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ । 

नयाँ मूल्यसूची राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।