0 COMMENTS

माघ १६, काठमाडौँ । क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालो मोसो दलेका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि कालो मोसो दलेका हुन् ।

प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको संगठनका अध्यक्ष हरिस भट्टले बताए । कालो मोसो दल्‍ने संगठनका तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् ।

क्रान्तिकारी युवा संगठनले कर्मचारीहरुको अन्यायपुर्ण तरिकाले बढुवा रोकेको, औषधि मेशिन लगायत खरीद प्रक्रियामा करोडौं अनियमितता गरेको, कर्मचारी नियुक्ति प्रक्रियामा मनोमानी गरेको, गुण्डागर्दीपुर्ण तरीकाले कर्मचारीहरुलाई धम्क्याउने र आतंकित पारेको र निर्दोश कर्मचारीहरूलाई षड्यन्त्रपूर्ण झुटा मुद्दा लगाएकोले कालो मोसो दलिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।