0 COMMENTS

पुस २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) विश्व विद्यालय-CTEVT समितिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सानोठिमि, भक्तपुरका सदस्य सचिवलाई दुई बुँदे ज्ञापनपत्र बुझाएको छ ।

डिबि शाहीकाे नेतृत्वमा पुगेको उक्त समितिले डिप्लोमामा तहको मुख्यत निर्सिङ, फार्मेसी र एचए लगायतका स्वास्थ कार्यक्रमको सम्बन्धन बदनियतपुर्ण ढङ्गले आर्थिक चलखेलका आधारमा दिन खोजिएकोले उक्त सम्बन्धन प्रक्रिया तत्काल रोक्नुका साथै उचित छानबिन गरि आर्थिक चलखेलमा संलग्न कर्मचारी तथा कलेजहरुलाई कार्बाही गरियोस् ।,सिटिईभिटीको प्रदेश नं. २ मा बदमासी गर्ने कलेजहरुको सम्बन्धन खारेज गरियोस् । र त्यसमा संलग्न परिषदको कर्मचारीहरलाई कडा भन्दा कडा कारबाही गरियोस् ।उक्त घटनामा पिडित विद्यार्थीलाई न्याय प्रदान गरियोस् । भन्दै ज्ञापनपत्र बुझाएको हाे ।

अखिल (क्रान्तिकारी) ले बुझाएको दुई बुँदे मागपत्र

“प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले १०० बेडको आफ्नै अस्पताल भएको इच्छुक अस्पताल/शिक्षण संस्थाले श्रावण १ देखि मंसिर मसान्तसम्म जुनसुकै समय ३ वर्षे स्वास्थ्य सम्बन्धि प्रमाण-पत्र तहको तालिम सञ्चालनका लागि आवेदन दिन सक्ने भनी २०८० असोज ३० को दिन १९७ औं वैठकले निर्णय गरेको भएपनि बदनियतपूर्ण ढंगले मात्र एक हप्ताको समय दिएर २०८० मंसिर २३ गते सुचना जारी गरिएको विषयले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यही सम्बन्धन प्रक्रियाका लागि केही परिषद कै कर्मचारी र कलेजहरुको मालिकसँगको मिलेमतोमा व्यापक आर्थिक चलखेल समेत भएको भन्ने व्यापक जनगुनासो छ र CTEVT बदनाम भइरहेको छ । यसप्रकारको कार्यको हाम्रो संगठन कडा आलोचना गर्दछ ।

पछिल्लो समय सिटिईभिटी भित्र सम्बन्धन र परिक्षाको नाममा थुप्रै खालका अनियमितता र विकृतिहरु देखिएका छन् । केही समय अघिमात्र परिषदको मधेश प्रदेशमा विद्यार्थीले पाउनुपर्ने छात्रवृत्तिमा गडबडी गरिएको, entrance को रिजल्ट Website मा नराखिएको, कर्मचारी र सिराहाको मिर्चैया नर्सिङ कलेज र महोत्तरीको शुभस्वस्तिक टेक्निकल कलेजको मिलेमतोमा विद्यार्थीसँग विभित्र नाममा अनुचित प्रकारले शुल्क लिइएको लगायतका बदमासीले CTEVT को विश्वसनीयता माथि नै प्रश्नउठ्न थालेको छ ।

अत, उल्लेखित समस्याहरु कसैको दबाब, प्रभाव र आर्थिक चलखेलका आधारमा गुपचुप ढङ्गले हल नगर्न हामी चेतावनी दिन चाहान्छौ । हाम्रो संगठनको तर्फबाट परिषदसंग सम्वन्धित समस्या र त्यसको समाधानको लागी निम्न मागहरू सहितको ज्ञापनपत्र पेश गर्दछौँ । यस सन्दर्भमा यथाशीघ्र गम्भीर छलफल गरी हाम्रो माग पूरा गर्न अनुरोध गर्दछौं । अन्यथा संगठन चरणवद्ध कडा सङ्घर्षमा जाने कुरा जानकारी गराउँदछौं :

हाम्रा मागहरू :-

१. डिप्लोमामा तहको मुख्यत निर्सिङ, फार्मेसी र एचए लगायतका स्वास्थ कार्यक्रमको सम्बन्धन बदनियतपुर्ण ढङ्गले आर्थिक चलखेलका आधारमा दिन खोजिएकोले उक्त सम्बन्धन प्रक्रिया तत्काल रोक्नुका साथै उचित छानबिन गरि आर्थिक चलखेलमा संलग्न कर्मचारी तथा कलेजहरुलाई कार्बाही गरियोस् ।

२. सिटिईभिटीको प्रदेश नं. २ मा बदमासी गर्ने कलेजहरुको सम्बन्धन खारेज गरियोस् । र त्यसमा संलग्न परिषदको कर्मचारीहरलाई कडा भन्दा कडा कारबाही गरियोस् । उक्त घटनामा पिडित विद्यार्थीलाई न्याय प्रदान गरियोस् ।
क्रान्तिकारी अभिवादन सहित !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।