0 COMMENTS

पुस १८, ललितपुर । ‘कुुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी मनाइने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरद्वारा उक्त सन्दर्भमा मंगलबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर कार्यक्रमको जानकारी दिइएको हो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधानले ११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी (पौष १७–२४) कार्यक्रम २०८० मनाउने सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा वितरित कार्ययोजनामा उक्त कुराहरु सार्वजनिक गर्नुुभएको हो । वितरित कार्ययोजनाका केही अंशहरु :—

भेटेरिनरी अस्पताल तालिम केन्द्र, ललितपुरका निमित्त प्रमुख वासुुदेव नाथ, ललितपुर महानगरपालिकाका पशुसेवा शाखा प्रमु्ख राजेन्द्र बिष्ट, महाकाल गाउँपालिका, ललितपुरका पशुसेवा शाखा प्रमुुख दिपकप्रसाद दुुलाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका अधिकृत कृष्णबहादुर कार्की, वरिष्ठ पत्रकार प्रविणराज जोशी लगाएतले बोल्नु भएको थियो ।

सो साप्ताहव्यापी कार्यक्रमको पहिलो दिन १७ गते मंगलवार नमुना मच्छीन्द्र माध्यमिक विद्यालय, लगनखेलका विद्यार्थिहरुलाई ५सय ओटा अण्डा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।