0 COMMENTS

पुस १६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज नेपाल सरकारकाे प्रमुख प्रशासकीय भवन भित्रै प्रवेश गरेर निषेधित क्षेत्रमा अर्धनग्न भएर विराेध प्रदर्शन गरेकाे छ । साेमबार दिउसाे २ बजे तिर क्रान्तिकारी युवा संगठन, नेपालका नेता कार्यकर्ताहरुले सिंहदरबार भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेट, प्रधानमन्त्री निवास बालुवाटार परिसरभित्र सचिवालयकाे मूल गेट, सर्वाेच्च अदालतकाे मुलगेट, नयाँ बनेश्वर स्थित संसद भवनकाे मूलगेट, मन्त्री निवास हरिहरभवनकाे मूलगेटमा एकसाथ अर्धनग्न भएर विराेध प्रदर्शन गरेका हुन् ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरी सङ्गठनका नेता–कार्यकर्ताहरूलाई प्रम निवास बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, मन्त्री निवास पुल्चोक र संसद् भवन बानेश्वरबाट गिरफ्तार भन्दै क्रान्तिकारी युवा संगठन नेपालका संयोजक हरिश भट्टले शान्तिपूर्ण विरोध प्रदर्शनमा गिरफ्तार नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको माग गर्नुभएको छ । 

संयोजक भट्टले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “अन्यथा हाम्रो सङ्गठन थप सशक्त सडक सङ्घर्षमा होमिन बाध्य हुनेछ ।”

वक्तव्यमा भनिएको छ, “गिरफ्तार हुने कमरेडहरूमा सङ्गठनका कार्यालय सदस्य क. भुवन रम्तेल, सचिवालय सदस्यहरू क. वसन्त भण्डारी, क. दीपेन्द्र ऐर, क. निश्चल गर्तौला, क. सुलभ तिमिल्सिना, क. प्रकाश शर्मा, क. पद्म हमाल, क. विकल्प लामा तथा केन्द्रीय सदस्यहरू क. तिलक वयक, क. बिलबहादुर तामाङ, क. सूर्य परियार, क. गोपाल विक, क. राजकुमार तामाङ, क. हरि घर्ती र क. आकाश कार्की हुनुहुन्छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा गिरफ्तार नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको माग गर्दछौँ । अन्यथा हाम्रो सङ्गठन थप सशक्त सडक सङ्घर्षमा होमिन बाध्य हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।