0 COMMENTS

पुस १३, काठमाडौँ युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । मेडिकल साइन्सका अनुसार, यो उमेरमा बच्च जन्माउनुलाई चमत्कारको रुपमा उल्लेख गरिएको छ । ७० वर्षिया सफिना नामुक्वेयाले राजधानी कम्पालाको एक अस्पतालमा छोरी र एक छोरालाई जन्म दिएकी हुन् । बीबीसीका अनुसार सफिना नामुक्वेयाले कम्पालाको प्रजनन केन्द्रमा सिजेरियन अपरेशन गरेर जुम्ल्याहा बच्चा जन्माएकी छन् ।

अस्पतालले सफिना नामुक्वेयालाई बधाई दिँदै उनलाई बच्चा जन्माउने सबैभन्दा वृद्ध महिलामध्ये एक भएको बताएको छ । महिला अस्पताल इन्टरनेशनल र प्रजनन केन्द्रका विशेषज्ञ डा. एडवर्ड तामालेले महिलाले इन–भिट्रो निषेचन प्रक्रियाका लागि डोनरको डिम्ब र आफ्नो पार्टनरको शुक्रकीट प्रयोग गरेको बताए । शिशुहरू ३१ हप्तामा समय नपुग्दै जन्मेका थिए र इन्क्यूबेटरमा राखिएको छ । दुवै शिशु अहिले स्वस्थ छन् ।

सामान्यतया महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा मेन्सुरेसन अनियमित हुने गर्छ । यस समयमा प्रजनन क्षमता घट्छ तर औषधिको विकासले उनीहरूलाई बच्चा जन्माउन सम्भव बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।