0 COMMENTS

पुस १२, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेका उद्योगीलाई पुनरावलोकन प्रक्रियामा जान भनेका छन् ।

२५ प्रतिशत महसुल तिरेर पुनरावलोकन प्रक्रियामा जान सकिने भन्दै उनले भने, ‘पुनरावलोकनमा आउनुस्, चित्त बुझेन भने जाने ठाउँ छ ।’

उनले बक्यौता भने जुनसुकै हालतमा उठाइने बताए । बक्यौता विवादबारे बिहीबार पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणसँग आवश्यक कागजात रहेको दाबी समेत गरे ।

उनले महसुल नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने बताएका छन् । नियामक निकायले अन्यथा निर्णय नगर्दासम्म सबै महसुल लिने प्राधिकरणको अडान भएको उनको भनाइ छ ।

मन्त्रिपरिषद्‍को निर्णयअनुसार डेडिकेटेडको शुल्क निर्धारण अघि २०७२ साउनदेखि पुससम्म र लोडसेडिङ अन्त्य भएपछि २०७५ वैशाख ७१ देखि २०७७ असारसम्मको महसुलबारे विद्युत् नियमन आयोगले अहिलेसम्म निर्णय नगरेको उनले बताए ।

विद्युत् प्राधिकरण अनिर्णयको बन्दी बन्न नसक्ने भएकाले सबै महसुल उठाउन बाध्य भएर लाइन काट्नु परेको उनले बताए । नियमन आयोगबाट फरक निर्णय भए त्यसलाई कार्यान्वयन गर्ने समेत उनले बताएका छन् ।

कार्यकारी निर्देशक घिसिङले उद्योगीहरुलाई प्राधिकरणले काटेको बिलअनुसार शुल्क तिर्न आए किस्तामा रकम बुझाउन दिइने विकल्प समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।